युक्रेनद्वारा रुससँग सीमामा सेना तैनाथ गर्नुको कारणबारे ४८ घन्टाभित्र जवाफ माग

0

एजेन्सी : युक्रेनले रुसले सीमा क्षेत्रमा सेना तैनाथ गरेको विषयमा युरोपेली सुरक्षा समूहका अन्य सदस्य राष्ट्रसंघ बैठक बोलाउन माग गरेको छ ।

उसले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको हो ।

युक्रेनी विदेशमन्त्री दिमेत्रो कुलेबाले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरेको औपचारिक आग्रहलाई रुसले अस्वीकार गरेपछि बैठक बोलाउन माग गरिएको हो ।

विदेशमन्त्री कुलेबाले रुसी योजनाको पारदर्शिताका लागि बैठक आह्वान गरिएको बताए ।

भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको हो । सो सम्झौतालाई रुस समेत सदस्य रहेको युरोपेली अन्तरसरकारी सुरक्षा संगठन ‘ओएससीई’ले समेत स्वीकारेको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति बाइडेनलाई किभ भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताएका छन् ।

उनले सैन्य द्वन्द छल्नका लागि आफ्नो देशले नेटो सैन्य गठबन्धनमा सदस्य हुने महत्वकांक्षा त्याग्न सक्ने बताएका छन् ।

युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि रुसले आक्रमण्म गर्न लागेको भन्ने आरापे अस्वीकार गर्दै आएको छ ।

अमेरिका सहित पश्चिमा देशले रुसले हमलाको तयारी गरिरहेको आरोप लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.