प्रधानन्यायाधीश जबराविररुद्धको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

0

काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । 

बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप लगाएको छ । 

बैठकपछि सम्वाददाताहरुसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए ।

महासचिव पोखरेलले सोमबार बस्ने संसदीय दलको बैठकले महाभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.