सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, एमालेले बहिष्कार गर्ने

0

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

दिउसो दुई बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेतालाई बोलाइएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भने सहभागी नहुने भएको छ । एमाले सभामुखप्रति रुष्ट भएकै कारण उसले बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । एमाले नेताले सभामुखको राजीनामा समेत माग्दै आएका छन् ।

बैठकमा संसदमा एमसीसी विधयेक संसदमा टेवुल गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

सभामुख सापकोटाले एमसीसीको विषयमा दलहरुको सहमतिअनुसार नै अघि बढ्ने संकेत गरेका छन । प्रतिनिधि सभा बैठक बुधबारका लागि बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.