तत्काल रूसी आक्रमणको सम्भावना छैन : युक्रेन

0

एजेन्सी : युक्रेनले आफ्नो देशमा तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दोहोर्‍याएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनी विदेश मन्त्री डिमित्रो कुलेबाले त्यस्तो सम्भावना नरहेको बताएका हुन् ।

बृहत् सैन्य अभ्यास शुरु गर्दै युक्रेनलाई घेरेका रूसी सेनाले उत्पन्न गरेको खतराका कारण आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न अमेरिकाले आदेश दिएको छ ।

कुनै पनि बेला सम्पूर्ण युद्ध शुरु हुन सक्छ भन्ने अमेरिकी गुप्तचरको मूल्यांकनसँग समेत युक्रेनका विदेशमन्त्रीले असहमति राखेका छन् ।

उनले रुसले कुनै पनि बेला आक्रमण गर्न सक्छ भन्ने अमेरिकी अभिव्यक्तिले आफ्नो मुलुकमा आर्थिक संकट निम्तन थालेको समेत बताए ।

अमेरिकाले भने आफ्नो राजदूतावासका केही कर्मचारी र परिवारका सदस्यहरूलाई उद्धार गर्न थालेको छ ।

Leave A Reply

Your email address will not be published.