नेपालमा कोरोनाको तेस्रो लहर ओरालो लागेको विज्ञको भनाइ

0

काठमाडौं : नेपालमा कोरोना भाइरसको तेस्रो लहर ओरालो लागेको विज्ञहरुको बताएका छन् । संक्रमणदर र मृत्युदर घट्दो भएकाले तेस्रो लहर अन्त्य हुने क्रममा पुगेको हो ।

संक्रमणपछि स्वास्थ्यमा समस्या भएकाहरूको संख्या पनि घटदै गएको छ । सक्रमणपछि भर्ना हुनेको संख्या न्यून रहेको छ ।

शुक्रबार अस्पताल टेकुमा केही दिनयता अस्पतालमा दैनिक भर्ना हुनेको संख्या एकदेखि दुई जनामा सीमित रहेको छ ।

अहिले देशभरि अस्पतालमा ९ सय ९१ जना संक्रमितको उपचार भैरहेको छ । यो संख्या सक्रिय संक्रमितको चार प्रतिशतभन्दा कम हो ।

केही दिनदेखि निरन्तर ओरालो लागिरहेको सक्रमण दर शुक्रवार पाँच दशमलब चार प्रतिशत रहेको छ ।

संक्रमण दर घट्दै गर्दा विद्यालय र सिनेमा घर साथै अन्य व्यापारिक क्षेत्रहरू खुल्न थालेका छन् ।

संक्रमण दर घट्दो भए पनि संक्रमणको जोखिम र त्यसले पार्ने असरहरू कायम रहने भन्दै स्वास्थ्य मन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको छ ।

नयाँ भेरिअन्ट देखिन सक्ने सम्भावना कायमै रहने भएकाले सावधानी र स्वास्थ्य मापदण्ड अनिवार्य रहेको विज्ञको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.