चारदेशीय सिरिज : नेपाल यूएईसँग पराजित

0

काठमाडौं : चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रनमा समेटिएको हो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ र डेब्यू खेलाडी लोकेश बमले २१ बलमा ३३ रनको योगदान दिए । 

आसिफ शेखले ३४ र ज्ञानेन्द्र मल्लले २२, आरिफ शेखले ११ र शरद भेषावकले १० रन जोडे । 

यूएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई तथा जुनैद सिद्धिकीले एक विकेट हात पारे । 

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो । युएईका लागि चिराग सुरीले सर्वाधिक ८४, रोहन मुस्ताफाले ४९, मोहमद वासिमले १३ र मोहमद बुटाले १४ रन जोडे । 

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।

Leave A Reply

Your email address will not be published.