जर्मनीसम्म पुगेको रुसी ग्यास पाइपलाइन बन्द गरिदिने बाइडेनको चेतावनी

0

एजेन्सी : रुसले युक्रेनमा आक्रमण गरेमा चर्को मुल्य चुकाउनुपर्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पर्‍याइएको ग्यास पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका हुन् । 

जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा उनले रुसबाट जर्मनीसम्म जोडिएको ग्यास पाइपलाइन ‘नोर्ड स्ट्रीम– टु’ लाई अन्त्य गरिदिने बताएका हुन् । 

रुस–युक्रेन तनावकाबीच जर्मनीको अभिव्यक्ति विवादित भएपछि शोल्जले अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटवार्ता गरेका हुन् । 

यसअघि पनि ग्यास पाइपलाइन खारेज गर्न अमेरिकालगायत देशहरुले जर्मनीसँग छलफल गरेका थिए । ‘नोर्ड स्ट्रीम– टु’ प्राकृतिक ग्यास पाइपलाइन बाल्टिक सागरको मुनिबाट रुसबाट जर्मनीसम्म पुगेको छ । 

अमेरिका र जर्मनीका साझेदार युरोपेलीहरु ग्यास पाइपलाइनको विरोधमा छन् । यसले युरोपमा रुसी ग्यास पाइपलाइनप्रति निर्भरता बढ्ने र रुसले त्यसलाई आफ्नो फाइदमा प्रयोग गर्ने उनीहरुको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.