कमल थापाले छाडे राप्रपा

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । 

हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । 

पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि पार्टीबाट अलग हुने निर्णय गरेको उनले बताए । 

थापाले मंगलबार नै एक विज्ञप्ति जारी गर्दै अत्यन्त भारी मन तथा पीडाबोधका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको उल्लेख गरेका छन् । 

उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन् । योसँगै पार्टीसँगको थापाको ३१ वर्षे लामो सम्बन्ध पनि टुटेको छ । 

गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गरेका थिए र त्यसको छानबिन गर्न माग गरेका थिए ।

No description available.
Leave A Reply

Your email address will not be published.