भारतीय गायिका लता मंगेशकरको निधन

0

एजेन्सी : भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मंगेशकरको ९२ बर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भएको हो । 

कोरोना संक्रमित भएपछि उनी जनवरी नौमा अस्पताल भर्ना भएकी थिइन् । कोरोनाका कारण उनलाई निमोनिया भएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत चलचित्र र संगित क्षेत्रका व्यक्तिहरुले उनको निधनमा दुःख व्यक्त गरेका छन् । 

मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । सम्मानमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि सरकारले गरेको छ । उनको अन्त्येष्टि पनि राजकीय सम्मानका साथ हुने भएको छ । 

लता मंगेशकरलाई भारत कि नाइटिंगेलको रुपमा चिनिने गरिन्छ । उनी १३ वर्षको उमेरमा गायनमा प्रवेश गरेकी थिइन् । 

उनले सन् १९४२ मा आफ्नो पहिलो गीत रेकर्ड गरेकी थिइन् । सात दशक लामो आफ्नो करियरमा उनले नेपाली सहित विभिन्न भाषामा ३० हजार भन्दा धेरै गीत गाएकी छिन् । 

उनका एक प्यार का नगमा है, राम तेरी गंगा मैली, एक राधा एक मीरा र दीदी तेरा देवर दीवाना जस्ता गीत सर्वाधिक लोकप्रिय छन । उनले गायनका लागि सन् १९६९ पद्मभूषण पाएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.