इरानमाथि लगाइएको प्रतिबन्धमा छुट दिने अमेरिकाको निर्णय

0

एजेन्सी : अमेरिकाले शुक्रबार इरानमाथि लगाइएको प्रतिबन्धमा छुट दिने निर्णय गरेको छ । इरानसँगको आणविक वार्ता अन्तिम चरणमा पुगेसँगै अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय आणविक सहकार्यका परियोजनाको लागि अनुमति दिने निर्णय गरेको हो । 

अहिले अमेरिकाले दिएको छुटले रुस, चीन र युरोपेली कम्पनीले प्रचारबाहेकको आणविक कार्यहरु गर्न पाउने छन् । 

यो प्रतिबन्ध सन् २०१९ र २०२० मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका थिए । इरानलाई सन् २०१५ मा भएको सम्झौता पालना गर्न लगाउने र अमेरिकाले प्रतिबन्ध हटाउने उद्देश्यका साथ अहिले अप्रत्यक्ष वार्ता भइरहेको छ । 

जो बाइडेनको प्रशासनले अहिले इरानको प्रतिबन्धमा दिइएको छुटले आगामी दिनमा आणविक सम्झौताको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्न सक्ने बताएको छ । 

पछिल्लो एक वर्षमा इरान र अमेरिकाबीच आठ चरणमा यस विषयमा वार्ता भइसकेको छ । इरानले सन् २०१५ को सम्झौतामा पूर्णरुपमा आफूमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्ने अडान राख्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.