एक-दुई दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी

0

काठमाडौं : सरकारले एक-दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ ।

निर्वाचनका लागि कम्तिमा नब्बे दिनको समय चाहिने जानकारी निर्वाचन आयोगले गरेपछि सरकार मिति घोषणाको तयारीमा जुटेको हो ।

आयोगले प्रस्ताव गरेकै जेठ चार गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा जुटेका हुन् । यसका लागि उनले सत्ता साझेदार दल र सरोकारवालासँग परामर्श गरिरहेको सचिवालयले जनाएको छ ।

अब बस्ने मन्त्रिपरिषद बैठकवाट निर्वाचन मिति घोषणा गर्ने गरि तयारी भैरहेको बताइएको छ । सम्भवत सोमबार बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचन मितिवारे निर्णय गर्ने बताइएको छ ।

स्थानीय तहको चुनावलाई लक्षित गरी आयोगले भने मतदाता नामाबली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा अरु आवश्यक पूर्व तयारीका काम गरिरहेको छ ।

स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आगामी जेठ ५ गते सकिँदै छ ।

Leave A Reply

Your email address will not be published.