जन्ती बोकेको जीप दुर्घटना हुँदा प्युठानमा ८ जनाको मृत्यु

0

प्युठानको गौमुखी गाउपालिको वडा न‍‌‍‌‍म्बर ६ मा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्युठानकै नौबहिनी गाउपालिकाको लुङबाट बेहुली लिएर फर्कदै गरेको जीप गौमुखी ६ लिवाङको ओखरवोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सहित ६ जनाको घटना स्थलमै र अरु २ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा एकै घरका ३ जना बसन्त खड्का उनकी श्रीमती बसन्ता र छोरी एलिशा रहेका छन । 
अन्य मृतकमा केशरी खड्का, नन्दी खड्का, खिम बहादुर खत्री, बल बहादुर बुढामगर रहेका छन् । अर्का एक जना लुङकै रहेको र उनको सनाखत भने भएको छैन ।

घाइते मध्ये बेहुली सहित ४ जनालाई वुटवल रिफर गरिएको गौमुखी गाउँ पालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.