अमेरिकी कारबाहीमा आइएसका वरिष्ठ नेता मारिए

0

एजेन्सी : अमेरिकाले सिरियामा गरेको एक सैन्य कारबाहीमा चरमपन्थी संगठन आईएसआईएलका नेता अबु इब्राहिम अल हासिमि अल कुरेसी मारिएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो आदेशमा सिरियामा आईएसका नेतालाई लक्षित गरेर आक्रमण गरिएको र सो आक्रमण सफल पनि भएको बताएका छन् । इब्राहिमको अन्त्यले विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको बाइडनले बताएका छन् । 

तर समाचार एजेन्सी एपीले भने अमेरिकाको आक्रमणपछि आईएसका नेता कुरेसीले आत्महत्या गरेको बताएको छ । 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त आक्रमण सरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा गरिएको हो । 

अमेरिकी सेनाले गरेको यो आक्रमणमा छ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा चार महिला पनि रहेको जनाइएको छ । 

टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित गरी आक्रमण गरिएको हो । सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ । 

साथै उक्त क्षेत्र अल कायदासँग सम्बन्धित विदेशी जिहादीहरूको पकड क्षेत्र मानिन्छ । बुधबार रातभर गरिएको सो कारबाहीमा भवनहरू क्षतिग्रस्त भएका छन् । 

Leave A Reply

Your email address will not be published.