सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

रक्षा मन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

शुक्रबार सिंहदरवारस्थित रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री देउवाले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारे ।

त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापना लगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

यता, रक्षा सचिव शर्माले बैठकमा आएका महत्वपूर्ण निर्देशन तथा सुझावलाई आत्मसात गर्दै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.