पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा, जनजीवन प्रभावित

0

काठमाडौं : पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भैरहेको छ ।

अहिले देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चटयाङसहित असिना पानीको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङसहित असिना पानी परेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिउँ परेको छ ।

चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले सर्व साधारणलाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.