अमेरिकाले युरोपमा थप सेना पठाउने, विनाशकारी कदम भएको रुसको ठहर

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ । युक्रेनमा रुसी आक्रमणको चिन्तामाझ अमेरिकी रक्षा मन्त्रालयले थप सेना पठाउन लागेको जानकारी दिएको हो ।

पेन्टागनले करिब दुई हजार सैनिकहरूलाई पोल्याण्ड र जर्मनी पठाइने जनाएको हो । अहिले जर्मनीमा रहेका एक हजार सैनिक रोमानियामा खटिने भएका छन् ।

अमेरिकी सैनिकहरूले युक्रेनमा लडने नभइ अमेरिकी साझेदारको रक्षा सुनिश्चित गर्न काम गर्ने बताइएको छ ।

गत महिना तयारी अवस्थामा राखेका साढे आठ हजार सैनिकहरू बाहेक नै अमेरिकाले यी थप सेनाहरू युरोप पठाउन लागेको हो ।

अमेरिकी निर्णयलाई रुसले “विनाशकारी“ कदमको संज्ञा दिएको छ ।

रुसी उप–विदेशमन्त्री अलेक्जान्डर ग्रुस्कोले युरोपमा थप अमेरिकी सैनिक तैनाथीले तनाव बढाएको र राजनीतिक समाधानको दायरा साँघुरो पारेको बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.