पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने

0

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने भएको छ । कोष परिसरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउने भएको हो । 

एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको जानकारी दिएको हो । 

१५ दिनभित्र खाली गरी हट्न र सामानहरू हटाउनुपर्ने सूचनामा उल्लेख छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडामा रहेका टहरा हटाइने भएको हो । 

त्यस्तै मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्रमा रहेका अव्यवस्थित छाप्रा बनाई सञ्चालन भैरहेका फूल, उपहारजन्य पसल हटाउन कोषले सूचना जारी गरेको हो । 

टहराका कारण पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुग्न गएको कोषको भनाइ छ । 

हटाइएका पसल टहराहरु कोषले निर्माण गरेका स्थायी संरचनामा गोलाप्रथाबाट छनोट भएकाहरू कोषको सार्वजनिक खरिद महाशाखामा समन्वय गरी तत्काल सामान सारी सञ्चालनको व्यवस्था गरिने पनि जनाएको छ ।

Leave A Reply

Your email address will not be published.