कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुन्छ : महामन्त्री शर्मा

0

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । 

शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताए । 

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए ।

शर्माले विशिष्ट परिस्थितिमा सरकार बनेकाले सबै कुराको अपेक्षा गर्न नहुने बताए ।

शर्माले निर्वाचनमा जाँदा ‌ओली सरकारको असफलता र उसले गरेका संविधानविपरीतका कार्यमात्र नभएर कांग्रेस नेतृत्वको सरकारले एक वर्षमा गरेका कामको पनि व्याख्या हुने बताए ।

Leave A Reply

Your email address will not be published.