अमेरिकाले रुसलाई युक्रेन युद्धमा तानिरहेको पुटिनको आरोप

0

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेन युद्धमा तानिरहेको आरोप लगाएका छन् । पछिल्लो केही हप्तादेखि युक्रेनलाई लिएर उत्पन्न तनावका सम्बन्धमा पुटिनले पहिलो टिप्पणी गरेका हुन् ।

रुसमाथि थप प्रतिबन्ध लगाउनका लागि अमेरिकाले युद्ध चाहेको आरोप उनको छ । अमेरिकाले युरोपमा नेटो गठबन्धनका सैनिकको उपस्थितिलाई लिएर आफूहरुको चासो बेवास्ता गरेको आरोप पनि पुटिनले लगाएका छन् ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेपछि अमेरिकासहितका पश्चिमा राष्ट्रले त्यसलाई युद्धको तयारी भनेका छन् ।

युक्रेनमाथि सैन्य आक्रमणको तयारी रुसले गरेको आरोप छ । तर रुसले भने युद्धको तयारी नरहेको दाबी गर्ने गरेको छ । आफ्नो क्षेत्रमा सैनिक तैनाथ गर्न पाउने अधिकारको प्रयोग गरेको उसको भनाइ छ ।

मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबानसँगको भेटपछि पुटिनले अमेरिका चासो युक्रेनको सुरक्षाप्रति त्यति नरहेको देखिने आरोप लगाएका हुन् ।

Leave A Reply

Your email address will not be published.