स्थानीय निर्वाचनबारे दाहाल र नेपालद्वारा प्रधानमन्त्री देउवासँग छलफल

0

काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । 

प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्री देउवाले मंगलबारमात्रै निर्वाचन आयोगसँग जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने मितिबारे छलफल गरेका थिए । 

अब बस्ने मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय गर्ने र मिति घोषणा गर्ने देउवाको तयारी छ । 

गठबन्धनभित्र एमसीसी पास गर्ने विषयमा भने मतभेद रहेको छ । माओवादी र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनन भने प्रधानमन्त्री देउवा गठबन्धन तोडेर भए पनि एमसीसी पास गराउने पक्षमा देखिएका छन् ।

Leave A Reply

Your email address will not be published.