आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

0

काठमाडौं : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व बुधबार विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । 

मञ्जुश्री पात्रोअनुसार २८ सय ५८औँ वर्ष शुरु हुन्छ । मञ्जुश्री पात्रोअनुसार गाई वर्षलाई विदाइ गर्दै बाघ वर्षलाई स्वागत गरिँदैछ । 

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ग पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताहरुले जनाएका छन् । 

वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणालीअनुसार गणना गरिने प्राचीन पद्धति हो । सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

Leave A Reply

Your email address will not be published.