कोभिड खोपविरुद्ध क्यानडामा व्यापक विरोध प्रदर्शन

0

एजेन्सी : कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि सुरु भएको प्रदर्शनका कारण क्यानडाको राजधानी आज दोस्रो दिन पनि ठप्प भएको छ । 

क्यानडाको राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन् । 

अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा प्रदर्शन भएको हो । 

ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरू ट्रक राखेर अवरुद्ध पारेका छन् । क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् ।

खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ । 

अमेरिकाले पनि हालै विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.