नेपालमा बढ्दै अनलाइन जुवा, बौद्धबाट ७४ जना पक्राउ

0

काठमाडौं : काठमाडौं महानगरपालिका–६ बौद्धस्थित एक रेष्टुरेण्टमा प्रहरीले छापा मारेर अनलाइन जुवा ‘बिङ्गो’ खेल्ने ७४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर छन् । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जुवाका मेनेजर हुन् । मुख्य सञ्चालक फरार छन् ।

मानन्धर सहित रेष्टुरेण्टमा बसेर खेल्ने ७४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

रेष्टुरेण्टका सञ्चालक सुवास घिसिङ रहेको प्रहरीले जनाएको छ । कोरोना मापदण्ड वेवास्ता गरेर रेष्टुरेन्टमा ७४ जनालाई प्रवेश अनुमति दिने उनीचाहिँ फरार छन् ।

सुराकको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धको टोली सो रेष्टुरेण्टमा पुगेको थियो ।

बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.