युक्रेनमा आक्रमण गरे रुसको इन्धन व्यापारको प्रमुख पाइपलाइन नै बन्द गर्ने अमेरिकाको चेतावनी

0

एजेन्सी : अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ । रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता गरिएको ‘नोर्ड स्ट्रिम टु ’ पाइपलाइन योजना अवरुद्ध बनाउने चेतावनी अमेरिकाले दिएको हो ।

अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि नबढने बताएका हुन् । तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले बताएका छैनन् ।

परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि अमेरिकाले जनाएको छ । जर्मन विदेशमन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरूले काम गरिरहेको बताएकी छिन् ।

परियोजना अन्तर्गत १२ सय २५ किलोमिटर पाइपलाइन निर्माण गर्न पाँच वर्ष लागेको थियो । त्यसलाई बनाउन ११ अर्ब डलर भन्दा बढी खर्च भएको छ । यसले जर्मनीमा हुने रुसी ग्यासको आपूर्ति दोब्बर बनाउने लक्ष्य राखेको छ ।

पश्चिमा साझेदारहरूले युक्रेनमा आक्रमण गरे रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने चेतावनी यसअघि नै दिइसकेका छन् । रुसले आफूले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ । तर उसले युक्रेनको सीमामा एक लाख सैनिक परिचालन गरेपछि तनाव बढेको छ ।

Leave A Reply

Your email address will not be published.