नेपालमा कोरोनाविरुद्ध खोप अभियानको एक वर्ष पूरा, एक करोड ३७ लाखले लगाए पूर्ण खोप

0

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान शुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ३७ लाख ३४ हजार ३ सय ९० पुगेको छ ।

यस्तै अतिरिक्त खोप लगाउनेको संख्या दुई लाख ८२ हजार ७ सय २४ पुगेको छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउनेको ५४.२ र पूर्ण मात्रा लगाउने ४५.२ प्रतिशत पुगेका छन् ।

लक्षित जनसंख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ ।

हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ ।

२०७७ माघ १४ देखि अग्रपङतिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउन शुरु गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.