कार्यसम्पादन समिति गठनका लागि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

0

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज भर्चुअल रुपमा बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन समीक्षाका लागि बैठक बोलाएका हुन् ।

दिउसो हुने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा पनि छलफल हुनेछ । स्थानीय तहको निर्वाचनबारे सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै आलोचना भइरहँदा सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

बैठकको एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठनसमेत रहेको छ । पछिल्लो समय पार्टीका शीर्ष नेताहरुले नै सभापति देउवालाई केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि दबाब दिन थालेका छन् ।

बिहीबार मात्रै उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर सो समिति गठन गर्न सुझाव दिएका थिए । कोरोना संक्रमणको जोखिम बढेकाले बैठक भर्चुअल रुपमा बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.