भारतमा ओमिक्रोनबाट पहिलो मृत्यु पुष्टि

0

एजेन्सी : भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो ।

भारतमा डिसेम्बर १२ मा पहिलो पटक ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या तीव्ररुपमा वृद्धि भएपछि भारतमा संक्रमणको तेस्रो लहर आउने चेतावनी दिइएको छ ।

Leave A Reply

Your email address will not be published.