प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशको सम्बन्ध थप सुदृढ बनाउने उच्चस्तरीय संयन्त्रको विश्वास

0

काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका राष्ट्रिय हितका मुद्दा उठाउन सुझाव दिएको छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले शुक्रबारबाट हुने भ्रमणका क्रममा नेपाल र भारतबीच विवादमा रहेका विषयमा सहमति खोज्ने ढंगले छलफल गर्न सुझाव दिएको हो । 

बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको बताए । 

संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । 

बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल गरेको हो । 

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ । 

१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनले संयुक्त उम्मेदवारी दर्ता गराइसकेको छ । 

बैठकमा उच्चस्तरीय राजनीतिक समितका संयोजक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.