प्रदर्शन चर्किएपछि सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

0

एजेन्सी : सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकले पदबाट राजीनामा घोषणा गरेका छन् ।

सुडानमा सरकार विरोधी चर्कदै गएपछि उनले राजीनामा घोषणा गरेका हुन् । प्रदर्शनकारीमाथि सेनाले गोली चलाएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।

केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेर उनी सरकारमा गएका थिए । प्रदर्शनकारीले सम्झौताको खारेजीको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री हमदुकले सुडान अहिले कठिन मोडमा आइपुगेकाले शान्ति कायम गर्न पद त्याग गरेको बताएका छन् । हिंसा रोक्न आफूले सक्दो प्रयास गरे पनि सफल नभएको उनको भनाइ छ ।

अक्टोबरमा सेनाले सत्ताच्युत गरेका हमदुक केही समय पछि पुनः प्रधानमन्त्री बनेका थिए । उनी प्रधानमन्त्री भएयता सेनाले चलाएको गोली लागेर ५६ जनाको मृत्यु भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.