माओवादीले आज अध्यक्षसहित पदाधिकारी छान्दै

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सोमबार बस्दै छ । 

बैठक दिउँसो तीन बजे ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बोलाइएको छ । 

बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी पनि चयन गर्नेछ । 

माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनले २ सय ३७ जना केन्द्रीय सदस्य चयन गरेको छ । माओवादीले खुलातर्फ १ सय ११ र समावेशीतर्फ १ सय २५ जना केन्द्रीय सदस्यको नाम महाधिवेशबाट चयन गरेको हो । 

बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउने नेताहरुले बताएका छन् । 

माओवादीको २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जनाको पद रिक्त छ ।

माओवादीले आइतबार नै निर्वाचन आयोयगमा विष्णुपुकार श्रेष्ठ, लेखा आयोगमा पेशल खतिवडा र अनुशासन आयोगमा टंक राई अनुमोदन गरेको थियो । 

पुस ११ गते शुरु भएको माओवादी महाधिवेशन आइतबार केन्द्रीय सदस्य छान्दै सकिएको हो ।

Leave A Reply

Your email address will not be published.