कोलोराडोमा डढेलोमा परेर कम्तिमा तीन जनाको मृत्यु भएको आशंका

0

एजेन्सी : अमेरिकी राज्य कोलोराडोको मध्य क्षेत्रमा भएको डढेलोमा परी कम्तिमा तीन जनाको मृत्यु भएको आशंका गरिएको छ ।

डढेलोमा परेर हराइरहेकाहरूको ज्यान गएको आशंका गरिएको हो । दुई दिन अघि शुरु भएको डढेलो कोलोराडो राज्यका धेरै शहरमा फैलिएको छ ।

कोलोराडोको इतिहासमा सबैभन्दा विनाशकारी आगलागी भनिएको आगोमा एक हजार बढी घरहरू जलेका छन् । बोल्डर काउन्टीस्थित जंगलबाट डढेलो शुरु भएपछी हजारौं नागरिकहरु घर छोडेर भागेका छन् ।

डढेलो नियन्त्रणमा लागि दर्जनौ दमकल र हेलिकप्टर प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा आएको छैन । डढेलो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोका कारण हजारौं हेक्टर जंगल नष्ट भएको छ ।

Leave A Reply

Your email address will not be published.