ओमिक्रोन फैलिएपछि भिडभाड हुने कार्यक्रम रद्द गर्न डब्लुएचओको आह्वान

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिदाको समयमा फैलिन सक्ने भन्दै चेतावनी दिएको छ ।

क्रिसमस तथा नयाँ वर्षको बिदा पारेर हुने यात्राका क्रममा ओमिक्रोनको संक्रमण फैलिन सक्ने भन्दै यात्राका केही योजना रद्द गर्न समेत डब्लुएचओले आग्रह गरेको हो ।

यसअघि फैलिएको डेल्टा भन्दा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको उसको भनाइ छ । ५० भन्दा बढी उत्परिवर्तन भएको ओमिक्रोन निकै संक्रामक रहेको प्रारम्भिक तथ्यहरुले देखाएको छ ।

संक्रमण रोक्नका लागि विभिन्न देशले प्रतिबन्धात्मक नियम कडा पारेका छन् । हाल कायम रहेका खोपको थप अर्थात बूस्टर मात्रा ओमिक्रोनको संक्रमण रोक्न वा कम्तीमा गम्भीर बिरामी हुनबाट जोगाउने देखिएको छ ।

संक्रमण फैलिएपछि केही देशले बूष्टर मात्रा लगाउन जोड दिदै आएका छन । बूस्टर मात्रा गम्भीर बिरामी रोक्न ८५ प्रतिशत प्रभावकारी हुने पछिल्ला अध्ययनले देखाएको छ ।

Leave A Reply

Your email address will not be published.