कांग्रेस प्रदेश दुईको अधिवेशन आजबाट शुरु हुँदै, सभापतिमा रामसरोज र कृष्णा यादव आकांक्षी

0

काठमाडौं : नेपाली कांग्रेसको प्रदेश नम्बर दुईको अधिवेशन मंगलबारबाट शुरु हुँदैछ । यसअघि छ वटा प्रदेशमा अधिवेशन भएपनि सर्लाही जिल्लामा प्रतिनिधि विवाद नटुंगिदा अधिवेशन हुन सकेको थिएन । 

मंगलबार उम्मेदवारको मनोनयन गर्नुपर्ने चुनावी कार्यतालिका छ भने बुधबार मतदात हुनेछ । 

प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता रहेका छन् । प्रदेश दुईका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव र रौतहट कांग्रेसका पूर्वसभापति कृष्णा यादव प्रदेश सभापति पदका आकांक्षी छन् । 

सभापतिका आकांक्षीमध्ये रामसरोज विमलेन्द्र निधिनिकट र कृष्णा सभापति शेरबहादुर देउवानिकट हुन । 

अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ । प्रदेश दुईका आठवटै जिल्लामा जिल्ला अधिवेशन पनि हुन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.