माओवादी बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् ।

सोमबार राति भएको निर्वाचनमा अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा विजयी भएका हुन् ।

२ सय ६१ भोट खसेकोमा सहयात्रीले १ सय ६२ तथा गौतमले ८६ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन् । नौ पदका लागि २७ जनाको उम्मेदवारी परेको थियो ।

Leave A Reply

Your email address will not be published.