यी ६७ देशबाट नेपाल आउनेलाई होटल क्वारेन्टिन अनिवार्य, सूचीमा बेलायतदेखि मलेसियासम्म

0

काठमाडौं : सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरेको छ । अध्यागमन विभागले एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि क्वारेन्टिन अनिवार्य गरिएको जनाइएको छ ।

मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको र त्यसकै आधारमा यस्तो व्यवस्था गरिएको अध्यागमनले जनाएको छ । होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने सूचनामा जनाइएको छ ।

परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने विभागका निर्देशक मुकेशकुमार केसीले जारी गरेको सूचनामा भनिएको छ ।

अध्यागमनको सूचीमा अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स रहेका छन् । त्यस्तै सूचीमा नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, माल्दिभ्स लगायत छन् ।

प्रभावित अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ। नेपालमा पनि अफ्रिकी मुलुकबाट आएका दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू निको भइसकेका छन् ।

No description available.
Leave A Reply

Your email address will not be published.