बिधान बिपरित हुने कुनै पनि प्रकृयामा मेरो समर्थन हुँदैन, कुल आचार्य

0

काठमाडौँ (जीएनएन) – गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले आफुले एनआरएनएभित्र भागबन्डाका लागि कहिल्यै प्रस्ताव नगरेको खुलासा गरेका छन्। जीएनएनसंग कुरा गर्दै २०२१-२३ का लागि अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो लागि पद भन्दा पनि संस्थाको गरिमा, पद्धति र पारदर्शिता सबै भन्दा महत्वपूर्ण मुद्दा भएको बताए।

“मैले कुनै पदको लागि कसैलाई प्रस्ताव पठाएको छैन, त्यसैले संसारभरिका साथीहरुलाई भ्रममा नपर्न आग्रह गर्दछु,” उनले भने। “डेलिगेट्स छनोटमा चरम अनियमितता गरिएको पाइए पछि साथीहरु परराष्ट्र मन्त्रालयसम्म पुग्नु भएको हो। परराष्ट्रले पटक पटक सचेत गराउंदा पनि समस्या सुल्झाउनुको सट्टा सरकार विरुद्ध अदालत जाने काम गरियो,” उनले भने । “अहिले आएर समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गर्नु सकात्मक कुरा हो, तर यसलाई तार्किक निष्कर्ष सम्म पुराउन सबैको सहयोग चाहिन्छ,” उनले भने।

‘पटक पटक चुनावको मिति घोषणा गर्ने तर चुनाव गर्न नसकिने देखे पछि कुल आचार्यले भागबन्डा गर्नु पर्छ भन्यो भन्नु आधारहीन र कपोलकल्पित कुरा मात्र हो,” उनले भने। नव निर्वाचित एनसीसीहरुले माग गरे जस्तै डेलिगेट्स विवाद सुल्झाएर, एमआइएस प्रणालीलाई भरपर्दो बनाएर मात्रै निर्वाचन कार्यक्रम अगाडी बढाउन पनि उनले माग गरे। “विधिसम्मत ढंगले डेलिगेट्स समस्या समाधान गरी निर्वाचन गर्नु नै अन्तिम निकास हो,” आचार्यले भने।

Leave A Reply

Your email address will not be published.