नेपाल आउने यात्रुले हप्तादिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अध्यागमन विभागद्वारा स्थगित

0

काठमाडौं : अध्यागमन विभागले विभिन्न देशबाट नेपाल आउने यात्रुले हप्तादिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको छ ।

विभागले शुक्रबार सूचना प्रकाशित गरेर विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटलका क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो ।

तर शनिबार सूचना निकालेर हप्ता दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि लागू नहुने गरी स्थगित गरिएको जनाएको हो ।

यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहने बताइएको छ ।

विभागले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिका, युरोपका देशहरु, मलेसियासहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने उल्लेख गरेको थियो ।

Leave A Reply

Your email address will not be published.