हैटीमा इन्धन बोकेको ट्यांकर विस्फोट, ६० जनाको मृत्यु

0

एजेन्सी : इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि हैटीमा तीन दिनको शोक घोषणा गरिएको छ । 

क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर विस्फोट भएको हो । 

ट्यांकरबाट चुहिएको इन्धन लिन सर्वसाधारणको भीड लागेको बेला ट्यांकर विस्फोट हुँदा ६० जनाको मृत्यु भएको हो । 

घटनामा दर्जनौ मानिस घाइते भएका छन् । घाइतेहरु जलेको अवस्थामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

हैटीका प्रधानमन्त्री एरियल हेनरीले दुर्घटनापछि सम्पुर्ण क्यारेबियान राष्ट्र शोकमा डुबेको भन्दै ३ दिनको शोक घोषणा गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.