नेपाली जनप्रगतिशिल मंच बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल,

0

नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको १२औ अधिबेशनले अध्यक्षमा प्रकाश पौडेललाई सर्बसम्मत चयन् गरेकोछ । मंगलबार बेल्जियममा भर्चुअल र भौतिक उपस्थितिमा भएको अधिबेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेकोछ ।

अधिवेशनले उपाध्यक्षहरुमा भिम सुबेदी, पवन सुबेदी, डील्लीराम भण्डारी, मनिष गुरुङ, ठाहिला चामलिंङ र निर्मला बजगाई, महासचिवमा कल्पना मगर, सचिबहरुमा सावित्री गिरी भारती, तेज अर्याल, लोक बहादुर नेपाली र सीता दाहाल, कोषाध्यक्षमा लक्ष्मी सुबेदी तथा सह-कोषाध्यक्षमा मखन नेपाली चयन गरेको छ ।

समितिको सदस्यहरुमा कर्ण बिक, श्याम ढकाल, एडी शेर्पा, रमेश कार्की, सबिन नेउपाने, मिनड गुरुङ, गणेश घिमिरे, चित्र बहादुर सिह, रश्मी न्यौपाने, सुशीला खतिवडा, समिता सुबेदी, दिल बहादुर शेर्बुजा, लक्ष्मी पाण्डे, मनसुवा परियार, रबिन श्रेष्ठ, सुजन ढकाल, कृष्ण सुनार, श्याम बुढा, सरस्वती सुबेदी, साधना बोहोरा र खेम न्यौपानेलाई सर्बसम्मत चयन भएकाछन ।

मन्चको १२औ अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथी तथा नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका सह-इन्चार्ज लक्ष्मण पन्तले अबको चुनावपछि माओवादी केन्द्र देशको प्रमुख शक्ति बन्ने बताए । परदेशमा रहेका नेपालीहरुमा माओवादीलेनै देश समाज परिवर्तन गर्न सक्छ भन्ने विश्वाश रहेको र त्यसलाई जोगाई राख्न कार्यकर्तहारुलाई आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले माओवादी सिमान्तक्रितहरुको उथ्थानको लागि संघर्श गरेको र देशको बिकासको सम्बाहक भएको बताउँदै देशमा सम्वृद्धी र परिवर्तन संस्थागत गर्न माओवादीले सरकारको नेत्रित्व गर्नु पर्ने र त्यसको लागि सङ्ठन निर्माणको अभियान जारी रहेको बताए ।

कार्यक्रममा नेकपा माओवादी प्रबास समन्वय समिती सचिब टिबि पाठक, नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) युरोप अध्यक्ष सुरेन्द्र भुषाल, सचिव रण खाती क्षेत्री, संगठन विभाग प्रमुख उदयराज गौतम, एनआरएनए आइसीसी सह-कोषाध्यक्ष लोक दाहाल, एनआरएनए बेल्जियमका अध्यक्ष खड्ग केसी, एनपीपीएफ युरोप महिला समिति संयोजक सुस्मा भुषाल, एनपीपीएफ युरोपका निर्वाचन समितिका संयोजक सुरेन्द्र श्रेष्ठ, लगायत मन्चका विभिन्न देशका अध्यक्षहरु र बेल्जियम स्थित बैचारिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधीले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।


२००१ मा स्थापना भएको जन प्रगतिशिल मन्च बेल्जियम, बेल्जियमको पुरानो र महत्वपूर्ण इतिहास बोकेको संगठनको मानिन्छ । तत्कालिन शेर बहादुर देउबा सरकारले जनयुद्ध चलिरहेको बेला बेल्जियमबाट नेपाली सेनाकोलागी हतियार किन्ने निर्णय विरुद्ध मन्चले विरोध गरेपछि अन्तराष्ट्रिय चर्चा पाएको र हतियार खरिद प्रकृया रोकिएको थियो । सोही बिषयलाई लिएर बेल्जियमको मिलिजुली सरकारकी उपप्रधानमन्त्रिले रजिनामा गरे पछि सरकार ढलेको थियो ।

Leave A Reply

Your email address will not be published.