सभापति देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता छ : गृहमन्त्री खाँण

0

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । 

सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाँणले राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने भूमिकामा सफल हुने दाबी गरे । 

कांग्रेस सभापतिमा पुनः दोस्रो कार्यकालका लागि सभापति चुनिएका देउवाले प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा समेट्ने, पार्टीको अभियानमा सक्रिय बनाउने सबैलाइ समेटेर लैजाने धारणा राखे ।

Leave A Reply

Your email address will not be published.