फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध पनि प्रभावकारी

0

एजेन्सी : फाइजर बायोएनटेकले आफुले उत्पादन गरेको खोपले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ ।

फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जानकारी दिएका हुन् ।

फाइजरले उत्पादन गरेको खोपको बूस्टर मात्राले ओमिक्रोन भेरियन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने दावी गरेको हो । अन्य भेरियन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने फाइजरको भनाइ छ ।

उसले पछिल्लो नतिजा प्रारम्भिक रहेको थप परीक्षण भैरहेको जनाएको छ । फाइजरले ओमिक्रोन लक्षित खोप विकास गरिरहेको एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको छ । सो खोप नियामक निकायहरूबाट स्वीकृत हुनुपर्नेछ ।

यसअघि डब्लुएचओले पनि यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको जनाएको थियो । सन् २०२० मा कोरोना भाइरसको महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीको मृत्यु भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.