भारतीय सेना प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

0

एजेन्सी : भारतीय सेना प्रमुख विपिन रावत र उनकी पत्नीसहित ११ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय सेनाले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।

भारतीय सेना प्रमुख रावत र उनकी पत्नीसहित १४ जना सवार हेलिकप्टर एमआई–१७ भीएच बुधबार मध्यान्हमा दुर्घटनामा परेको थियो ।

तमिलनाडुको निलिगिरिस जिल्लाको कुनुर भन्ने ठाउँमा पर्ने जङ्गलमा बुधबार उक्त हेलिकप्टर एउटा रुखमा ठोक्किएको थियो । यो दुर्घटनामा परेका एकजना सैन्य अधिकारीको उपचार जारी छ ।

रावत भारतीय वायु सेना अर्थात इन्डियन एयर फोर्स–आईएएफको हेलिकप्टरमा सवार थिए । सुलुरस्थित आर्मी बेसबाट स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा हेलिकप्टर उडेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

हेलिकप्टर सुलुरबाट वेलिङ्टनस्थित डिफेन्स सर्भिस स्टाफ कलेजमा जाँदै थियो । दुर्घटना भएको ठाउँ वेलिङ्टनबाट १० किलोमिटर दुरीमा रहेको जनाइएको छ ।

हेलिकप्टरमा सेना प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल÷एनके विवेक कुमार, एल÷एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको जानकारी लिएका छन् । रक्षा मन्त्री राजनाथ सिंह दुर्घटनापछि रावतका परिवारलाई भेटेका छन् । जनरल विपिन रावत भारतका पहिलो रक्षा प्रमुख हुन् । उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए । रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुख पदमा रहेका थिए ।

Leave A Reply

Your email address will not be published.