कांग्रेस संस्थापन इतर समूहलाई साझा उम्मेद्वार छान्नै सकस

0

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ ।

बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल भएको हो ।

बुधबार बिहान काठमाडौँको एक पार्टी प्यालेसमा भएको छलफल निष्कर्षमा पुग्न नसके पछि अपरान्ह पुनः बैठक बसेको थियो । सभापतिका उम्मेद्वार समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको दोश्रो बैठकले पनि साझा उम्मेद्वार छान्न सकेन ।

सभापतिको उम्मेद्वार बन्ने भनिएका नेता रामचन्द्र पौडेल र डा. शशांक कोइरालाले आफूहरु सहमतिको बाधक नबन्ने भन्दै आकांक्षीहरु शेखर कोइराला र प्रकाशमान सिंहलाई कुनै एक जनामा निर्णय लिन आग्रह गरिएको थियो ।

 दुवै नेताले आफ्नो अडान नछोडे पछि पौडेल पक्षले साझा उम्मेदवार छान्न नसकेको हो । यससँगै संस्थापन इतर समुहले साझा उम्मेद्वार दिने सम्भावना क्षीण बन्दै  गएको छ ।

Leave A Reply

Your email address will not be published.