कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, २७ गते मतदान

0

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रम अनुसार महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन २४ गते बिहान १० बजे राखिएको छ । उमेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म राखिएको छ ।

दाबी विरोधको समय २५ गते बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको समितिले जनाएको छ । 

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.