भारतीय सेनाध्यक्ष विपिन रावत चढेको हेलिकप्टर दुर्घटना, ४ शव फेला

0

एजेन्सी : भारतीय सेनाध्यक्ष विपिन रावत र उनकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई–१७ बी ५ तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ ।

दुर्घटनामा चार जनाको शव भेटिएको भारतीय संचार माध्यमले जनाएका छन् । दुर्घटनामा परेकामध्ये तीन जनालाई नजिकैको अस्पतालमा लगिएको छ । तर, उनीहरुको पहिचान खुलाइएको छैन । भारतीय वायु सेनाका अनुसार दुर्घटनाको अनुसन्धानको आदेश दिइएको छ ।

रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ–सीडिएस हुन् । स्थल, जल र बायु सेनालाई संयुक्त नेतृत्व गर्ने गरी भारतले सीडिएसको अवधारणा अगाडि सारेको थियो ।

सिडिएस हुनुअघि उनी तीन वर्ष भारतको स्थल सेनाध्यक्ष रहेका थिए । रावत सन् २०२० को जनवरी १ तारिखदेखि सीडिएस रहेका छन् ।

Leave A Reply

Your email address will not be published.