विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ अघि बढ्न राष्ट्रपतिको आह्वान

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पपछि प्राप्त गरेको अनुभव तथा सिकाईहरु अन्तर्राष्ट्रिय समूदायका लागि समेत अनुकरणीय हुने बताइन् ।

बुधबारबाट काठमाडौंमा शुरु भएको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले भाबी पुस्ताले समेत पुनर्निर्माण कार्यलाई अनुशरण गर्न् पर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तर्राष्ट्रिय समूदायले दिएको साथको पनि प्रशंसा गरिन् ।

Leave A Reply

Your email address will not be published.