आज विवाह पञ्चमी : जानकी मन्दिरमा भक्तजनको घुइँचो

0

जनकपुर : राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा बुधबार बिहानै देखि भक्तजनहरुको घुँइचो लागेको छ ।

विवाह पञ्चमीका दिन भगवान राम र जानकीको निष्ठा पूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।

यसै जनविश्वासका कारण ठूलो संख्यामा भक्तजनहरु विवाह पञ्चमीमा राम जानकीको पूजा गर्न जनकपुरधाम पुगेका छन ।

जनकपुरको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम जानकीको विवाह बुधबार हुने छ । पण्डितद्वारा मन्त्रोचारणसँग हुने सो विवाहको तैयारी जानकी मन्दिरको प्रागंणमा भैरहेको छ ।

 विवाह भन्दा पूर्व एतिहासिक रंगभूमि मैदानमा स्वयंवर पनि बुधबार नै गरिने छ । स्वयंवर पछि जनकपुरमा भव्य शोभा यात्राको तयारी छ । सातसात दिवसीय विवाहपञ्चमी महोत्सव अन्तर्गत राम कलेवा बिहीबार हुने छ ।

Leave A Reply

Your email address will not be published.