म पनि राप्रपा जस्तै राष्ट्रवादी : प्रचण्ड

0

काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् ।

काठमाडौँमा बुधबार शुरु भएको राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरेका हुन् ।

उनले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने पनि स्पष्ट पारे । राप्रपाले संविधानसभाबाट संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको भनाइ छ ।

उनले एमाले अध्यक्ष केपी ओलीले पार्टी फुटाएर गरेको महाधिवेशनलाई एकता महाधिवेशन भनेको भन्दै कटाक्ष समेत गरे ।

अध्यक्ष दाहालले आफूहरुले नेपाली जनतालाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दाaL समेत गरे ।

Leave A Reply

Your email address will not be published.