प्रकाशचन्द्र लोहनीको समर्थन लिङदेनलाई

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डाक्टर प्रकाशचन्द लोहनीले आगामी नेतृत्वमा राजेन्द्र लिङदेनलाई समर्थन गर्ने घोषणा गरेका छन् । 

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले लिङदेनलाई समर्थन गर्ने घोषणा गरेका हुन् । 

पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई पनि लोहनीलाई अबको नेतृत्वमा स्वीकार्दै अभिभावकीय भूमिका निर्वाह गर्न लोहनीले आग्रह गरे । 

आफू सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको र त्यसमा पनि युवालाई नेतृत्व दिनु देश र पार्टीकै हितमा हुने उनको भनाइ छ । 

अध्यक्ष लोहनीले संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक  विधि र पद्धतिप्रति राप्रपा प्रतिबद्ध रहेको समेत बताए । यो प्रतिबद्धतालाई मुल आदर्शको रुपमा लिएर अगाडि बढ्न उनले आग्रह गरे । 

कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष पदका उमेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका अन्यले अपमानित हुनु नपर्ने बताए । 

उनले देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले आफूले नेतृत्वमा दाबी गरेको उल्लेख गरे । आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको उनको भनाइ छ । 

नेता लिङदेनले नेतृत्व परिवर्तनको पक्षमा मुख खोल्न पार्टीका अध्यक्ष पशुपति शमशेर जबरालाई समेत आग्रह गरेका छन् । पार्टीका अर्का अध्यक्ष कमल थापालाई पनि उनले समयको पदचापलाई र कार्यकर्ताको भावना बुझ्न आग्रह गरे । 

राप्रपाको महाधिवेशन मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा हुँदैछ । महाविधेशनका लागि राप्रपाले तत्ला तहका अधिवेशन समेत सम्पन्न गरिसकेको छ । 

Leave A Reply

Your email address will not be published.