ओलीले घोषणा गरेका पदाधिकारीबाहेकलाई भोट नहाल्न भन्दै बाँडियो पर्चा

0

काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटिएको छ ।

चुनावमा कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्ने पर्चा बाँडिएको भेटिएको हो ।

पर्चामा अध्यक्ष केपी ओलीले घोषणा गरेका पदाधिकारी एवम् सदस्यलाई भोट हाल्न भनिएको छ भने त्यसबाहेकका उम्मेदवारलाई नहाल्न भनिएको छ ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टङ्क कार्की र भीम आचार्यलाई भोट नहाल्न पर्चामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.